एकैपटकमा १० सन्तान लाई जन्मदिदैँ यी महिलाले राखिन बिश्व रेकर्ड (भिडियाे हेर्नुस्)

Uncategorized

एकैपटकमा १० सन्तान लाई जन्मदिदैँ यी महिलाले राखिन बिश्व रेकर्ड (भिडियाे हेर्नुस्)
एकैपटकमा १० सन्तान लाई जन्मदिदैँ यी महिलाले राखिन बिश्व रेकर्ड (भिडियाे हेर्नुस्) । दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन् ।

यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ । राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ । ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् ।

सितहोलले डाक्टरले ६ देखि ८ सन्तान जन्मिने बताएपनि आफूले १० सन्तान जन्माएपछि परिवार अचम्मित भएको बताइन्। प्रेटोरिया न्युजसँग उनका श्रीमान तेबोहो सोतेसीले भनेका छन्,‘७ छोरा र ३ छोरीको जन्म भएको छ। मेरी श्रीमती ७ महिना ७ दिनको गर्भवती थिइन्। म खुशीसँगै भावुक भएको छु।’

यसैबीच यतिबेला सितहोलले गिनिस वर्ल्ड रेकर्ड राखेको भनेर चर्चा चलेको छ। हालसम्म विश्वमा ९ सन्तानको मात्र एकैपटक जन्म भएको रेकर्ड थियो। सो रेकर्ड मालीयन हालिमा सिसेको नाममा छ। मोरोक्कोकी उनले गत महिना मात्र ९ सन्तानको जन्म दिएकी थिइन् ।

सिटहोलले स्थानीय मिडियासँग कुरा गर्दै आफ्नो गर्भावस्थालाई लिएर आफैं चकित भएको बताइन् । द सनको रिपोर्टअनुसार उनका सबै बच्चा पूर्ण रुपमा स्वस्थ भएको बताइएको छ । बच्चाहरुलाई आगामी केही महिनासम्म इन्क्युबेटरमा राखिनेछ । सिटहोलले प्राकृतिक रुपमै गर्भधारण गरेकी थिइन् । गर्भावस्थाको क्रममा आफूलाई निकै असहज भएको उनले बताइन् । भिडियो:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *