इतिहासमै पहिलो महिला सञ्चारमन्त्री बनिन् नैनकला थापा

Uncategorized

काठमाडौं । इतिहासमै पहिलोपटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर नैनकला थापाले प्राप्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सञ्चारमन्त्रीमा नैनकला थापाले विहीबार सपथ खाएकी छन् । यो इतिहासमै पहिलोपटक हो ।

.२०४८ सालयता ५५ जना पुरुषले सञ्चार मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्षको कुशलतापूर्वक जिम्मेवारी सम्हालेका थापाले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको चुनौतीलाई कसरी सम्बोधन गर्लान भन्ने हेर्न बाँकी छ ।

यस्तो छ उनको परिचय : नाम : नैनकला थापा जन्मस्थान : बुटवल हाल : चितवन शैक्षिक योग्यता : वि.ए., वि.एड. अनुभव : पूर्व शिक्षिका : – कालिका मा.वि. बुटवल – नारायणी मा.वि चितवन संगठन : २०३५-०३६ विद्यार्थी आन्दोलनमा सहभागी २०३८ : नेकपा (चौम) पार्टी सदस्य २०३८ : अ.ने.म.संघ जिल्ला सचिव २०४२ : अ.ने.म.संघ केन्द्रयि महासचिव २०४७ : अ.ने.म.संघ केन्द्रीय संयोजक २०५० : एककिृत अ.ने.म.संघ केन्द्रीय महासचिव २०६४-२०६८ : राष्ट्रिय महिला आयोग अध्यक्ष – तत्कालिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार – महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *