सिरहाको बरियारपट्टीमा करेन्ट लागेर भैंसीको मृ,त्यु

Uncategorized

सिरहामा विद्युत प्राधिकरणको लापरबाहीले पशु चौपायाको करेन्ट लागेर मृ त्यु

सिरहाको कचनारीमा विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लागेर भैंसीको मृ,त्यु

महेश सिंह महतो सिरहा लहान- २७ जेष्ठ – सिरहाको बरियारपट्टी गाउँ पालिका १ कच्नारीमा करेन्ट लागेर भैँसीको मृत्यु भएको छ। विद्युत प्राधिकरणको लापरबाहीको कारणले पशु चौपायाको मृत्यु भएको हो।

कृषि प्रयोजनको लागी जडान गरीएको विद्युतको तारमा करेन्ट लागेर घटना स्थलमै भैंसीको ज्यान गएको हो । स्थानीय उतिम लाल यादवले घरबाट भैंसी चराउन खेतीतिर लग्दा कृषि प्रयोजनको लागि गरीएको विद्युतीकरणबाट करेन्ट लागेका थिए।
करिब एक लाख मुल्य बराबरको भैंसीको मृत्यु हुँदा किसान उतिम लाल यादव आर्थिक शोकमा डुबेका छन्।भैंसीको करेन्ट प्रावाह हुँदा घटना स्थलमै मृत्यु भएको छ।भैंसीको ज्यान जादा पीडित यादवको घरमा रुवा बासि भएको छ ।

विद्युतको तार लुज भएकै कारणले करेन्ट लागेको हो। किसानको जिबन खेती पातिमै बितने गरेको छ। घर परिवार चलाउन खेती र पशुपालन गर्ने गरेको स्थानीय पत्रकार मुकेश कुमार यादवले जानकारी दिनु भयो ।

भैंसीको मुल्य बराबरको आर्थिक सहयोगको अपेक्षा विद्युत प्राधिकरण संग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *