त्रिभुवन विमानस्थलबाट २३ वर्षीय विशाल पक्राउ ! यो उमेरमै गरेछन बिश्वासनै नलाग्ने यस्तो काम

Uncategorized

त्रिभुवन विमानस्थलबाट २३ वर्षीय विशाल पक्राउ ! यो उमेरमै गरेछन बिश्वासनै नलाग्ने यस्तो काम

 

बैङ्किङ्ग कसुरको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलामको सूर्योदय नगरपालिका घर भएका २३ वर्षीय विशाल रेग्मी छन् ।

 

 

जनकपुरबाट बुद्ध एयरको उडानमार्फत काठमाडौँ आएका रेग्मीलाई आन्तरिक टर्मिनलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

 

 

विशालले ललितपुर बस्ने विनन्जय थापालाई दिएको कुमारी बैङ्कको चेक बाउन्स भएपछि थापाले प्रहरीमा उजुर गरेका थिए । २०७६ भदौमा चेक दिएर फरार भएका रेग्मीलाई थप अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइने महाशाखाले जनाएको छ ।

 

 

 

यस्तै, एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ।

 

प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रहरी सहायक निरीक्षक (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए।

 

 

बौद्धकी एक महिलालाई तपाइँसँग लागुऔषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिंहले बताए।

 

 

बस्नेतको दरबन्दी केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा र खड्का विमास्थलमा कार्यरत रहेको प्रहरीले जनाएको छ। पक्राउ गरिएकाहरूलाई आवश्यक कारबाहीका लागि दरबन्दी भएको स्थानमा पठाइएको सिंहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *