नायिका बर्षा सिवाकोटीले किनिन् काठमाडौंमा यति महंगो घर

Uncategorized

नायिका बर्षा सिवाकोटीले किनिन् काठमाडौंमा यति महंगो घ

 

नायिका वर्षा सिवाकोटीले अपार्टमेन्ट किनेकी छिन् । प्राप्त जानकारी अनुसार बर्षाले हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट साढे २ करोडमा खरिद गरेकी हुन् ।

आफ्नी आमाको सहयोगमा अपार्टमेन्ट खरिद गरेको बर्षाले बताएकी छिन् । अपार्टमेन्टमा बर्षा र उनकी आमा बस्नेछन् । सोमबार पूजाआजा गरेर आमा र बर्षा अपार्टमेन्टमा सरिसकेका छन् । सितापाइलामा संयुक्त परिवारमा बस्दै आएकी वर्षा विगत एक बर्षदेखि कौशलटारमा बस्दै आएकी थिइन् । वर्षाले केही महिना अगाडि मात्र कार किनेकी थिइन् ।

वर्षाले अभिनित ‘परदेशी २, मनदेखि मनसम्म, ए साथी सुन’ लगायतका फिल्महरु प्रदर्शनको पर्खाइमा छन् । कोरोनाका कारण फिल्म हल बन्द भएपछि बर्षा म्युजिक भिडियोमा व्यस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *